११ माघ,काठमाडौँ। महानगरका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने भएका छन् ।
बाग्मती प्रदेशको मतदाता रहेका उनी हेटौंडामा जारी मतदान प्रक्रियामा सहभागी नभएका हुन् । कार्यव्यस्तताका कारण मेयर भोट हाल्न जान नभ्याउने उनको सचिवालयले जानकारी दिएको छ ।
उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगिसकेकी छन् ।