सर्लाही प्रहरीद्वारा जयशंकर शाहको गोली हानी हत्या,स्थिति तनावग्रस्त

0

२० पौष,काठमाडौँ। सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको जनाइएको छ ।

गोली लागी सोही वडाका जयशंकर साहको मृत्युभएको बताइएको छ ।उहाँ आन्दोलनकारी नभएर सडकमा हिँडिरहेको बटुवा रहेको आन्दोलनकारीको दाबी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here