२० पौष,काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। दमसम्बन्धी समस्या बढेपछि उहाँ त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।
झण्डै एक हप्ताको उपचार पछि स्वास्थ्यमा सुधार आएसँगै उहाँ डिस्चार्ज हुनुभएको हो । नियमित औषधि सेवन गरेर घरमै आराम गर्ने चिकित्सकको सल्लाह अनुरुप उहाँ डिस्चार्ज हुनुभएको पार्टीका वरिष्ठ नेता सी.पी. गजुरेलले जानकारी गराउनु भएको छ ।