बालबालिकाको गम्भीर दुरुपयोग,सरकार र सरोकारवाला मौन

0

२ पौष, काठमाडौँ । विभिन्न कम्पनीका विज्ञापनमा बालबालिकाको दुरुपयोग देखिएको छ। विशेष गरि पछिल्लो समय बजारमा बिक्रीवितरण भइरहेका खाद्य सामग्रीका विज्ञापनहरुमा यस्तो भइरहेको एक अध्ययनले देखाएको छ। बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्ने खाद्यबस्तुहरुको विज्ञापनमा समेत बालबालिकाको तस्बिर प्रयोग भएको पाइएको छ। बच्चाको स्वास्थ्य र तन्दुरुस्तीमा चमत्कार ल्याउने खाद्य सामग्री भन्दै बालबालिकाकै तस्बिर राखेर प्रचार गरिने यस्ता खाद्य बस्तुहरु अधिकांस “जङ्क फुड” अन्तरगत रहेका छन् । चिकित्सकहरुका अनुसार जङ्क फुड बालबालिकाको स्वास्थ्यका निम्ति प्रतिकुल र घातक मानिएको छ। तर उत्पादक कम्पनीहरुले बालबालिकाकै तस्बिर राखेर यस्तो प्रचार गर्दा कमजोर शैक्षिक स्तर भएका अभिभावक,सर्वसाधारण नागरिक र अवोध बाल मस्तिष्कमा गलत सन्देश प्रवाह भइरहेको देखिएको छ।  यसरी विज्ञापनमा बालबालिकाको यस्तो दुरुपयोग र सामग्रीको गलत प्रचार भइरहँदा समेत सरकार र सरोकारवालाको ध्यान पुग्न सकेको छैन। कहिले जाला सरकारको ध्यान ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here