असोज ६ काठमाडौँ । दैलेखमा घाँटीमा मासु अड्किँदा एकजनाको मृत्यु भएको छ । घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।
“मुटु र किड्नीको समस्या समेत रहेका दलबहादुरलाई डाक्टरले खानपिनमा होशियार हुन सुझाव दिएका थिए तर आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्किएर दु:खद निधन भयो।” वडा अध्यक्ष चन्दले भने।