एनआरएनए ११ औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन

0

परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद को अध्यक्षतामा ११ औं गैरआवासीय नेपाली संघ विश्व सम्मेलन उच्चस्तरीय आयोजक कमिटी गठन गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, परराष्ट्र सचिव, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ सचिव, गृहसचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सदस्य रहेका छन् ।

यसैगरी नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर, नीति, योजना विकास कूटनीति तथा विदेशमा बस्ने नेपालीसम्बन्धी महाशाखा परराष्ट्र मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, गैरआवासीय नेपाली संघका अध्यक्ष र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत सदस्य रहेका छन ।

गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन अक्टोवर १६ देखि २० तारिख सम्म काठमाण्डौं हुदैछ । सो सम्मेलनमा करिब ६० देशका ४ हजार २ सय भन्दा बढी प्रतिनिधिहरु रहेपनि यसपटक ४०५ मात्रै प्रत्यक्ष भाग लिने र अन्यले अनलाइन भोटिङका माध्यमबाट मतदान गर्नेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here