• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
शुक्रबार, असार २६, २०८३
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • खेलकुद
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • विचार
    • साहित्य-कला
  • ☰

भर्खरै

लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

मानव सेवा समाजको अध्यक्षमा रिजाल

वर्तमान सत्ताको अनुहार: न्यायपूर्ण दण्ड कि राजनीतिक प्रतिशोध ?

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने

लोकप्रिय समाचार

  • १. देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

  • २. फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

  • ३. कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

  • ४. न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

  • ५. लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुन् ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए ।

विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ / २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनः स्थापित संसद्का सभामुख भएका थिए । विसं २०६४ / २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चार पटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बने ।

नेम्वाङको अवसानले इलाम शोकमग्न

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।

इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पुर्‍याएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताएका छन् ।

गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित हुनुभएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए ।

‘पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ’, उनले भने, ‘इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।’

‘उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो’, नेकपा ९एकीकृत समाजवादी० इलामका अध्यक्ष भक्त केसीले भने, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।’

राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, ‘म धेरै राजनीति त जान्दिनँ तर उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।’

नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चाल्नुभएको कदम बिर्सन नसकिने बताएका छन् ।

‘कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो’, उनले भने, ‘सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।’

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, ‘उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।रासस 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान
    न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा
    कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

    धेरै पढिएको

    • १.
      देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

    • २.
      फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

    • ३.
      कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

    • ४.
      न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

    • ५.
      लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

    ताजा समाचार

    • १.
      लिमीको उच्च पाटनमा देखियो वन घोडाको बथान

    • २.
      न्यायालय सुधारका निम्ति तीन जना श्रीमानलाई महाभियोगको चर्चा

    • ३.
      कृत्रिम अभाव विरुद्ध एक्सन, खसी बोकाको मासुको मूल्य तोक्ने सरकारको तयारी

    • ४.
      फेरियो कर्मचारी सरुवा प्रणाली, सरूवामा अब भनसुन र पहुँचको अन्त्य

    • ५.
      देशभरको सुझाव संकलन लिएर, प्रतिवेदन तयार गर्दै एमाले

    • ६.
      रातको ११ बजे सकियो सिडिओ र आइजीपीसँग गृहमन्त्रीको बैठक, रास्वपा महामन्त्री बुर्लाकोटी गृह मन्त्रालय पुगे

    हाम्रो बारेमा

    भृकुटी संचार प्रा.लि. द्वारा संचालित
    www.vrikutinews.com

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor – 10, Kathmandu, Nepal

    सम्पर्क नम्बर
    ९८४२३६७५९५

    ईमेल
    vrikutionlinetv@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक
    ज्याोति किरण रिजाल

    सम्पादक
    शक्ति किरण रिजाल

    न्युज डेक्स
    सीता आस्था ढुङ्गेल

    समाचार संयोजक
    हेमन्त तिवारी

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • सम्पर्क
    • विज्ञापन
    • Preeti to Unicode
    • Unicode to Preeti
    Copyright ©2026 Vrikuti News | All rights Reserved.
     Website By :  nwTech.