१३ भदौ,काठमाडौँ । पश्चिम अफ्रिकाको अर्को राष्ट्र ग्याबोनमा सैनिक ‘कु’ भएको छ । मंगलबार राति सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति अली बोङोईलाई घरमै नजरबन्दमा राखेको जनाइएको छ । त्यहाँको टेलिभिजनामा उनी परिवारका सदस्य र चिकित्सकहरुसँगै रहेको बताइएको छ । उनको एउटा छोरालाई राष्ट्रद्रोहको अभियोगमा पक्राउ गरिएको छ ।
सेनाले देशका अन्तर्राष्ट्रिय नाका बन्द गरेको छ भने देश भित्रका सबै राजनीतिक र गैरसैनिक इकाइहरुलाई विघटन गरेको छ। ग्याबोनका हजारौं जनता सैनिक कु को समर्थनमा सडकमा निस्किएका छन् भने सेनाले केही दिन अगाडी मात्र भएको त्यहाँको निर्वाचन परिणामलाई खारेज गरिदिएको बताइएको छ।