८ भदौ,काठमाडौँ । धरानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। भोलि हुने भनिएको वृहत धार्मिक र्यालीलाई मध्य नजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको भए पनि धार्मिक अगुवाहरुले र्याली स्थगन गरेका छैनन्, धार्मिक अगुवाहरूले निषेधाज्ञा नतोड्ने तर र्यालीलाई स्थगन नगर्ने नीति लिएको बुझिएको छ।
धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले भोलि शान्ति र्याली निकाल्ने तयारी गरेका छन् । यसले मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले निषेधज्ञा उल्लंघन गर्ने नीति नरहे पनि हिन्दू धर्म प्रतिको प्रहार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम स्थगित नगर्ने बताएका छन् ।