प्रधानमन्त्रीª प्रचण्डका दुवै छोरी भारत गएका छन् । प्रधानमन्त्रीको निजी सचिवसमेत रहेकी कान्छी छोरी गंगा र माइली तथा भरतपुर महानगरकी मेयर रेनु दाहाल नयाँ दिल्ली पुगेका छन् ।
गंगा आज बिहान साढे १० बजे काठमाडौंबाट एअर इण्डियाको उडान नम्बर एआई २१४ मा त्यसतर्फ गएकी हुन् । रेनु गत मंगलबार तीन जनाको टोलीसहित नयाँ दिल्ली पुगेकी हुन् ।
गंगासँगै सोही उडानमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल पनि त्यसतर्फ गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन स्रोतले बताएको छ ।