देशैभरी वर्षा, बाढी पहिरोले देशका विभिन्न सडक अवरूद्द

0

भारी वर्षाका कारण देशैभरी पहिरो र डुबान भएको छ ।

काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन ।

सोमवार राती परेको अबिरल बर्षाका कारण काठमाडौंको सामाखुसीलगायतका क्षेत्र डुबानमा परेका छन् भने अन्य क्षेत्रमा पनि उतिकै प्रभाव परेको छ । मौसम विज्ञान बिभागले दिउँसो १२ बजेसम्म अवस्था अझै भयावह नै हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उता, पहिरोको कारण मुग्लिङ नारायणगढ खण्ड अवरूद्द हुन पुगेको छ भने सिदार्थ राजमार्ग, मदन भण्डारी राजमार्गका बिभिन्न सडक खण्डमा पहिरो झरेका कारण सडक यातायात सञ्चालन अवरूद्द हुन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here