पेट्रोल र डिजेलको मूल्य वृद्धि, ग्यासको घट्यो (सुचीसहित)

0

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य बढाएको हो।

पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा बिक्री हुनेछ। यसभन्दा अगाडि १६४ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको थियो।

यस्तै, डिजेल १५३ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ। यसभन्दा अगाडि डिजेल १४६ रुपैयाँमा कारोबार हुँदै आएको थियो।

यता ग्यासको मूल्य भने घटेको छ। निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर १३० रुपैयाँले मूल्य घटेको हो। अब नयाँ मूल्यअनुसार १६ सय ६० रुपैयाँमा ग्यास उपलब्ध हुनेछ। ग्यासको मूल्य हाल प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँमा कारोबार हुँदै आएको थियो।

घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here