बासको भाटाले हानेर कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी र नातिनी पक्राउ

0

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, टडिया बस्ने ७५ वर्षीया बकुलतीदेवी यादवको हत्या गरेको आरोपमा उनकै बुहारी र नातिनी पक्राउ परेका छन् ।


पक्राउ पर्नेहरुमा उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादव रहेका छन् ।


घरायसी बिबादका कारण ईन्दिला यादव र सुसिला यादवले बाँसको भाटाले कुटपिट गर्दा बकुलती देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here