चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0

काठमाडौंको नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

२०७९ असार मसान्तसम्म १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here