जुम्लामा अज्ञात समूहद्वारा छुट्टाछुत्तै गाउँको ७ वटा घरमा आगजनी

0

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको पाइएको हो । आगजनी कसले किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुलेको छैन ।

आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा भएको छ । आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here