• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
मङ्गलबार, मङि्सर ०९, २०८३
मङ्गलबार, मङि्सर ०९, २०८३
VK
Vrikuti News
मङ्गलबार, मङि्सर ०९, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

काभ्रेमा फैलियो बाढीको त्रास, छैन आधिकारिक सूचना

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

कुखुरापालक किसान व्यवसाय छाडेर पलायन हुँदै

खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन ।

भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन् ।

धेरै व्यवसायीले उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा व्यवसायनै छाडनुपरेको छ । शुक्लाफाँटा, कृष्णपुर, लालझाडी कुखुरा, अण्डा उत्पादक किसान सङ्घ कञ्चनपुरका सचिव शम्भुबहादुर थापाले स्थानीय बजारमा पहिलो हक स्थानीय उत्पादन भएकाले बाह्य क्षेत्रबाट ल्याइने कुखुरा, अण्डा, माछामा रोक लगाइनुपर्ने बताए ।

“व्यावसायिक फर्मलाई विविधवत् रुपमा दर्ता गरी बैंक सहकारी संस्थाबाट ऋण निकालेर व्यवसाय गर्न थालेका छौँं” उनले भने, “कुखुराजन्य बस्तुको बजार नपाउँदा व्यवसायनै धरापमा पर्न थालेको छ, धेरै व्यवसायीले गर्दै आएको व्यवसाय छाडेर पलायन भएका छन् ।”बैंकको ब्याज र किस्ता बुझाउन नसक्दा धेरै व्यवसायीले मानसिक तनावमा बस्नुपरेको उनले उल्लेख गरे । सङ्क्रमक बर्डफ्लुलगायतका रोग फैलिन निदिनका लागि भारतीय क्षेत्रबाट पशुपक्षीजन्य बस्तुको आयात गर्नमा सरकारले रोक लगाएको धेरै भए पनि खुला सीमा क्षेत्रबाट धमाधम भित्रिन थालेको उनले चिन्ता व्यक्त गरे ।

“भारतीय क्षेत्रबाट भित्रिने पशुपक्षीजन्य बस्तु ल्याउने कार्य पूर्ण रुपमा रोकिनुपर्छ” स्थानीय कुखुरापालक हर्कराज मिश्रले भने,“ जिल्ला बाहिरबाट आउने कुखुराजन्य बस्तु आपूर्ति र मागका आधारमा आयात गर्ने व्यवस्था मिलाइयोस ।”

विदेशबाट कमाएको पैसा धेरै युवाले मातृभूमिमै केही गरौंँ भनेर कुखुरा, माछापालन लगायतका कृषिजन्य कार्यमा लगानी गरेको उनको भनाइ छ । बाह्य क्षेत्रबाट अवैध रुपमा ल्याइने कुखुरा, माछासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायीलाई लगानी डुब्ने चिन्ताले सताउन थालेको छ । “कुखुरा र माछापालनमा लागेका व्यवसायीको पेसामै चुनौती थपिएको छ” कुखुरापालक किसान खडक सिंह साउदले भने, “कुखुराका चल्ला, चारो, औषधि खरिदमै ठूलो लगानी लाग्छ, चल्ला हुर्काएर बेच्नका लागि कुखुरा तयार गर्न निकै परिश्रम गर्नु पर्दछ, बजारमा बेच्नका लागि लैजाँदा लागत खर्चनै नउठने गरी बेच्नु पर्दा घाटा सहनुपरेको छ ।”

स्थानीय व्यवसायीले स्थानीय तहमा बाह्य क्षेत्रबाट अवैध रुपमा भित्रिदै आएको कुखुरा र माछालगायत रोक्नका लागि ज्ञापनपत्रसमेत बुझाएका छन् । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाका अनुसार नगरपालिकाभित्र अवैध रुपमा भारतीय कुखुरा, माछा, चल्ला, अण्डा आयात गर्न निषेध गरिएको छ । अवैध रुपमा आयात गरिएको भेटिए रु १० हजार जरिवाना हुने उनले बताए।

“व्यवसायीबाट भारतीय कुखुरा, चल्ला, अण्डा र माछा भित्रिन थालेको व्यापक गुनासो आएपछि त्यसलाई रोक्नका लागि सुरक्षा निकायसँग समन्वय गरेका छौँ” उनले भने,“यसरी ल्याएको पाइए जरिवनासहित प्रचलित कानुनअनुसार कारबाही हुन्छ।” शुक्लाफाँटा नगरपालिकाको पशु शाखका प्रमुख रामप्रसाद भट्टले पक्षीजन्य वस्तु भारतबाट आयात गर्न निषेध गरिएको बताए ।

“बाह्य जिल्लाबाट यस नगरपालिकामा पशुपक्षीजन्य (कुखुरा, अण्डा, चल्ला, माछा, मासु) पदार्थ ओसारपसार गर्दा दर्तावाला पशु चिकित्सकद्वारा जारी गरिएको पशु स्वास्थ्य प्रमाणपत्रको सक्कलप्रति अनिवार्य रुपमा साथमा हुनुपर्ने प्रावधान राखेका छौँ” उनले भने, “अवैध रुपमा आयात गरिएको भेटिए नियम अनुसार कारबाही हुन्छ ।” रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता
मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

धेरै पढिएको

ताजा समाचार

  • १.
    दुग्ध विकास संस्थानका पूर्व महाप्रबन्धक झा सहित ८ जना पक्राउ

  • २.
    भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

  • ५.
    मोरङ २ मा रोचक बन्दै कांग्रेसको आन्तरिक प्रतिस्पर्धा: डा. मिनेन्द्रदेखि होमराज थापासम्म मैदानमा

  • ६.
    साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई ‘इन्टरनेसनल एक्सिलेन्सी अवार्ड २०२६ ‘ प्रदान

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.