मेष
सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
मिथुन
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
सिंह
आज जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन ।
तुला
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कार्यको सुरुवात पनि गर्न सकिनेछ ।
धनु
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।
कुम्भ
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
बृष
आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।
कर्कट
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।
कन्या
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्यारो साथी सँग भेट होला ।
बृश्चिक
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आस्थामा पनि वृद्धि होला ।
मकर
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
मीन
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारो साथी सँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् – ज्यो।प नारायणप्रसाद दुलाल