महिला कर्मचारीमाथि आक्रमण गर्ने वकिललाई कार्वाही गर्नु पर्ने प्रहरी अनुसन्धानको निचोड

0

१७ असार ललितपुर, असार १३ गते नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट,लछार पछार गर्दै आक्रमण गर्ने वकील अमिर लामिछानेलाई महिलामाथिको  अभद्र व्यवहारमा कारबाही गर्नुपर्ने अनुसन्धानको निचोड रहेको जिल्ला प्रहरी परिसर, ललितपुर स्रोतले बताएको छ।

एउटा मुद्दाको वारेस रहेका लामिछानेले मिसिलको सक्कल अदालतबाट गैरकानुनी तरिकाले कब्जामा लिन खोज्दा नायव सुब्बा तामाङले गैरकानुनी तरिकाबाट सक्कल मिसिल दिन नमिल्ने बताए पछि वकिल लामिछानेले आक्रमण गरेका थिए । नायब सुब्बा तामाङले सक्कलको साटो फोटोकपी मात्र दिन मिल्ने बताएपछि लामिछानेले जबर्जस्ती सक्कल मिसिल  खोसेका थिए,तामाङले मिसिल लुटिए पछि  मिसिलको रक्षा गर्ने कर्तव्य पालन गर्दा वकिल लामिछानेले तामाङलाई भुत्ल्याउदै,लात्तले हान्दै भुइमा पछार्दै अनुहारमा थुक्ने,र मुक्का हान्ने हर्कत गरेका थिए।प्रहरीले घट्नाको अनुसन्धानबाट महिलामाथि वकिलले कुटपिट  र अभद्र व्यवहार गरेको खुलेको छ साथै कानुनी कार्वाहीका निम्ति सरकारी वकिल कार्यलयलाई प्रहरीले अनुसन्धानको निचोड समेत बुझाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here