१३ असार, काठमाडौँ। पाँचथरको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचनमा टिकट लिन दुई करोड रकम बुझाएको अडियो टेप सार्वजनिक भएको छ ।
अडियोमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणालाई उक्त पैसा बुझाएको दाबी गरिएको छ । काफ्लेको तर्फबाट आरजुलाई पैसा बुझाएउने सन्तोष श्रेष्ठ हुन् । उनी हाल नेपाली कांग्रेस पाँचथरका सहसचिव छन् । टिकटका अर्का दाबेदार र सन्तोष श्रेष्ठ बिच भएको टेलीफोन वार्ता निर्वाचन सकिएको एक वर्ष पछि आज लिक भएको हो ।
श्रेष्ठले अडियोबारे प्रतिक्रिया दिदै पानीमाथिको ओभानो बन्न खोजेपनि वास्तविकता बाहिर आउँदा अहिले कसैसामु अनुहार देखाउने स्थिति छैन भने दुई करोड आर्जुलाई बुझाएर टिकट लिएका काफ्ले यो भृकुटी न्यूजमा यो समाचार तयार पार्दा सम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।