८ असार,काठमाडौँ। जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । पत्नी आरती गिरीले अदालतभित्रै भुवनलई जुत्ताले हानेकी हुन् । आरतीले भुवनविरुद्ध वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका बेला पूर्वन्यायाधीश माथि जुत्ता हानिएको बताइएको छ । दुवैजना पेसी बुझ्न आज जिल्ला अदालत पुगेका थिए ।
भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीलाई सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा भुवन पक्राउ परेका थिए ।