जेठ २०,जाजरकोट। छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ।
छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी दिएको आरोप लगाए।