१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको छ ।
आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोलीमा पाँच जना मन्त्रीहरु:- भौतिक पुर्वाधार,उर्जा,परराष्ट्र ,अर्थ र उद्योग मन्त्रीको नाम स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।