• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
VK
Vrikuti News
बिहिबार, भदौ २५, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

कविता: आफ्नै माटोमा

दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

ओ ! गोविन्द विकल, त्यो पत्रकार कहिले कवि बन्छ ?

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता 

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

लोकप्रिय समाचार

  • १. भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

देश गम्भीर खाद्य सङ्कटको जोखिममा,सरकार बेखबर

९ जेष्ठ,काठमाडौ,कृषिप्रधान मुलुकका नामले परिचित भए पनि हाम्रो मुलुक अहिलेसम्म कृषिमा पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको अवस्था छ । मुलुकका अधिकांश ठाउँमा सिँचाइ सुविधाको अभावले गर्दा हाम्रो खेती प्रणाली मनसुनमा निर्भर छ। अनुकूल मौसमका बखत खाद्यान्नको उत्पादन समेत वृद्धि हुने तर प्रतिकूल मौसममा उत्पादनमा गिरावट आउने नियतिबाट नेपाली कृषि प्रणालीले छुटकारा पाउन सकेको छैन। यो वर्ष नेपालमा हिउँदमा समेत पर्याप्त वर्षा नभएको र मनसुनमा पनि कम वर्षा हुने आकलन गरिएकाले खाद्यान्नको उत्पादनमा गिरावट आउन सक्ने अनुमान छ । यसले गर्दा आगामी दिनमा मुलुकमा खाद्य सङ्कटको जोखिम बढ्ने भन्दै विज्ञहरूले चेतावनी दिन थालेका छन् ।
सामान्य अवस्थामा पनि नेपालमा मागको तुलनामा खाद्यान्न उत्पादन न्यून हुने गरेको छ। देशमा सरदर वार्षिक करिब ८५ देखि ९० लाख मेट्रिक टन खाद्यान्नको माग हुन्छ। मागको तुलनामा हरेक वर्ष करिब आठदेखि १० लाख मेट्रिक टन खाद्यान्न कम उत्पादन हुने गर्छ। यस पटकको हिउँदमा जम्मा २१ प्रतिशत मात्रै वर्षा भएको तथ्याङ्क छ । वर्षायाममा पनि सुक्खा खडेरी पर्ने देखिएको हुँदा भोकमरी, कृषि उत्पादनमा कमीलगायत सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिन सक्ने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले पूर्वतयारीका साथ विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञले सुझाएका छन् ।
हालै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाल कन्ट्री रिपोर्ट (मे २०२३) सार्वजनिक गर्दै नेपालमा खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ । आइएमएफले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गर्न खोजे पनि जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ । खाद्य असुरक्षाबाट नेपालको एकतिहाइ जनसङ्ख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आइएमएफले नेपालको १८ प्रतिशत जनसङ्ख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ ।

  • #नेपाल सरकार #कृषि #काठमाडौ #भृकुटी न्यूज
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह
एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

धेरै पढिएको

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचार

  • १.
    भोटेकोशीको बाढी, जलवायु परिवर्तनको संकट र न्यायको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २.
    अमेरिकाले जारी गर्यो ‘यात्रा परामर्श’,आफ्ना नागरिकलाई सचेत रहन आग्रह

  • ३.
    एउटै शवमा ३ जनाको दाबी, आँसुमा डुब्यो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • ४.
    कविता: आफ्नै माटोमा

  • ५.
    दर्शन, राजनीतिक दर्शन  र  परिभाषा

  • ६.
    ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टा सम्मानित

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.