सत्ता गठबन्धन धरापमा,प्रचण्ड र देउवा दुवै संकटमा

0

३१ बैशाख ,काठमाडौँ। खाँड दम्पतीलाई फसाएर आर्जुलाई मात्र बचाउन खोजेको भन्दै काङ्ग्रेसको संस्थापन समूहका सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर प्रचण्ड नेतृत्वको गठबन्धन तोड्न र समग्र विषयको नेतृत्व आफै लिन चेतावनी दिएको बुझिएको छ । आर्जु बचाउमा प्रचण्डको सहारा खोजेर काङ्ग्रेस बर्बाद पारेको भन्दै आक्रोश व्यक्त गरेका सांसदहरुले यस्तो निरीह स्थितिलाई तोड्न नसके पार्टी फुट्न सक्ने चेतावनी समेत दिएका छन् ।
बालकृष्ण खाँडलाई पक्राउ गरेकोमा असन्तुष्ट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रचण्डलाई भेटेर मुख छाड्दै,पाखुरा सुर्कदै खाँडलाई पक्राउ नगर्न चेतावनी दिएका थिए। खड्काको धम्कीले त्रसित भएका प्रचण्डले नारायणकाजीलाई तुरुन्त फोन गरेर खाँड पक्राउ नगर्न भने तर यो कुराकानी हुनु अगावै प्रहरीले खाँडलाई नियन्त्रणमा लिइसकेको थियो।
नक्कली शरणार्थी प्रकरणमा प्रचण्ड पछि हटेर सत्ता जोगाउने खेलमा छन् भने नारायणकाजी र प्रहरी ठगहरुको जालो तोड्न प्रतिबद्ध जस्तो देखिएको छ। यस्तो अवस्थाबाट अतालिएका देउवा प्रचण्डको भरोसामा छन् भने ओली यो कालो धब्बा आफ्नै दैलोमा आइपुग्ला कि भन्ने त्रासमा देखिन्छन् ।
यस्तो अवस्थामा काङ्ग्रेस भित्रको खाँड,पूर्णबहादुर समूहले प्रचण्ड गठबन्धन तोडेर समग्र सत्ताकै कोर्ष बदल्नु बाहेक अर्को उपाय नभएको भन्दै देउवामाथि दवाव दिइरहेको श्रोतले बताएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here