१९ चैत्र,मुगु । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । हिउँद सकिएसँगै रारामा आन्तरिक तथा बाह्य चहलपहल बढ्न थालेको हो । अहिले रारामा हवाईमार्गबाट प्रतिदिन ३० जनासम्म पर्यटक आइरहेका छन् । सडकमार्गबाट आउनेको संख्या पनि बढिरहेको छ । एक साताअघि ११ जना इटालीयन नागरिकको टोली रारा भ्रमणमा आएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।
पैदलमार्गबाट पनि दैनिक ५० जनासम्म पर्यटक पोखरा, काठमाडौं, नेपालगन्ज, विराटनगर, चितवनलगायत ठाउँबाट आइरहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।