१८ चैत्र काठमाडौँ, आफ्नै पार्टीका नेतासँग वार्ता गर्न नेकपा एमालेले वार्ता समिति गठन गरेको छ । शनिबार बसेको पार्टी सचिवालयको बैठकले वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उपाध्यक्ष विष्णु पौडेल संयोजक र पार्टी सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता समिति गठन गरिएको हो ।