२५ फागुन, काठमाडौं । तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानका निम्ति प्रतिनिधिसभा सदस्यका निम्ति रातो र प्रदेशसभा सदस्यका निम्ति निलो मतपत्र तयार गरिएको छ भने मतपत्रमा उमेदवारको नाम र फोटो राखिएको छ ।
निर्वाचन आयोगका अनुसार आज बेलुका सात बजे मतपरिणाम सार्वजनिक गरिने छ। मतदान स्थल र मतगणना स्थल रहेको प्रतिनिधि सभा भवन आसपास बलियो सुरक्षा व्यवस्था मिलाइएको छ ।