ऋण खाएर बैंक थर्काउनेलाई नछोड्ने डेपुटी गभर्नरको चेतावनी

0

२२ फागुन ,काठमाडौ,नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नारा लगाउँदै र दबाब दिँदैमा मिनाहा नहुने बताएका छन् । उनले पछिल्लो समय बैंकको ब्याजदर घटाउनुपर्ने र ऋण तिर्न नसकिने भन्दै नारा लगाइएकोमा प्रक्रिया पुर्याएर लिइएको ऋण त्यत्तिकै मिनाहा नहुने उल्लेख गर्दै प्रक्रिया पुर्याएरै ऋण असुली गरिने बताए । पछिल्लो समय ऋण नतिर्न नाराजुलुस गर्नेहरूले जतिनै तमासा गरे पनि ऋण मिनाहा नहुने चेतावनी समेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here