२१ फागुन,काठमाडौ,स्वकीय सचिव नियुक्तिमा प्रतिनिधि सभाका झण्डै ८० प्रतिशत सांसदले आफ्नै परिवारका सदस्यलाई नियुक्त गरेर उपसचिव स्तरको सेवा सुबिधा हत्याएका छन् । स्वकीय सचिवममा अधिकांस सांसदहरुले छोरा,छोरी ,बुहारी ,श्रीमती, श्रीमान, भाइ,बहिनी,भदैनी,मामाको छोरो, सानिमा ठुली आमाको छोरा,छोरी, ज्वाइँ ,सालो,साली भदैनी आदि जस्ता परिवारका सदस्यको नियुक्ति गरेर स्वकीय सचिवको सेवा सुबिधा लिएका छन् । स्वकीय सचिवलाई मासिक ४४ हजार तलब सहितका अन्य बिभिन्न सेवा सुबिधाको व्यवस्था गरिएको छ । स्वकीय सचिव बापत प्राप्त हुने मासिक सेवा सुबिधाको पहिलो महिनाको पहिलो रकम भुक्तानी समेत भइसकेको छ ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी