प्रचण्डले विश्वासको मत प्राप्त गर्ने स्थिति छैन -विजुक्छे

0

१९ फागुन,काठमाडौँ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आठ दलिय गठबन्धन विदेशीको इसारामा बनेको बताएका छन् । राष्ट्रपतिको निर्वाचनमा जस्ले जितेपनि देशले हार्ने अवस्था रहेको भन्दै प्रचण्डले सदनको विश्वास लिनु अनिवार्य छैन भन्ने तर्क गर्नु षड्यन्त्र भएको बताए । सदनको विश्वास अनिवार्य भएको उल्लेख गर्दै प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गर्न सक्छन् भन्ने आफूलाई नलागेको समेत बताए । भृकुटी न्यूजसँग कुरा गर्दै नेता विजुक्छेले राजनीतिको दलाल नेतृत्व अन्तिम छटपटीमा पुगेको भन्दै जनताको विवेक र भूमिका नै अन्तिम निर्णाय हुने भएकोले सचेत भूमिकाको निम्ति सबैमा अपिल समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here