डिल्लीराम खनालले अभिनेत्री करिश्मा मानन्धरसँग मागे माफी

0

काठमाडौ,अभिनेत्री करिश्मा मानन्धरसँग कलाकार एवम अभियान्ता डिल्ली राम खनालले सार्वजनिक रुपमै माफ मागेका छन् ।माफ माग्दै खनालले भनेका छन् “रवि लामिछानेको राष्ट्रलाई नै हेप्ने अप्रिय कर्मको बिरोध गर्ने सन्दर्भमा आएको आक्रोशपूर्ण अभिव्यक्ति बिच आफ्नो गम्भीर असावधानीका कारण सम्मानित कलाकार करिश्मा मानन्धरको प्रतिष्ठा र भावनामा ठेस पुगेकोमा म दुखी भएको छु, गल्ति महसुस गरेको छु र माफी चाहन्छु।”

आफू कलाकार मानन्धरको फ्यान भएको , आफू पनि कला छेत्रमा रुचि भएको मानिस हुनुको नाताले पनि वहाँ प्रति सधै उच्च सम्मान रहेको बताएका छन् । असावधानीबस भएको उक्त गलत अभिव्यक्तिलाई टिकटक लगायत सामाजिक सञ्जालमा अनावश्यक प्रचार नगरी दिन,प्रचार भएको भए हटाएर सहयोग गरिदिन र यो विषयलाई लिएर कलाकार मानन्धर र आफूलाई खराब भावनाले नहेरी दिन सबैमा आग्रह समेत गरेका छन् ।
“खाडल जति ताछ्यो उति बढ्छ।” म दिदी सँग अन्तरहृदयबाटै माफी माग्छु। उनले भनेका छन् । करिव एक दर्जन सञ्चारमाध्यमबाट गम्भीर गल्ति भएको महसुस गर्दै माफी मागेका छन् । खनालको अभिव्यक्तिलाई लिएर मानन्धरले साइबर ब्यूरोमा उजुरी दिए पछि खनालले सार्वजनिक रुपमै माफ मागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here