मानव नरसंहार र हत्या हिंसाका दुई प्रमुख योजनाकार बिच पुन:एकता हुँदै

0

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताको तयारी भएको छ । पार्टी एकतापछि पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने छन् ।

२०५२ सालमा गृहयुद्ध सुरुगरेर १७ हजार नेपालीको ज्यान र अरबौको मुलुकको धन बर्बाद पार्दै गरिएको माओबादी हत्या हिंसाका प्रमुख योजनाकार भट्टराई २०७२ सालको ९ असोजमा मुलुकमा कम्युनिस्टको औचित्य छैन भन्ने निस्कर्स निकाल्दै  माओवादी परित्यागको घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका भट्टराई पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष छन् । नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो । त्यसबेलामा भएको सहमतिअनुसार नै पार्टी एकता प्रक्रिया अघि बढाउन लागिएको नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here