दलाल मार्फत अमेरिका हिँडेका मदन बेपत्ता, पानामा जङ्गल भित्रको खोलामा तस्करले जीउँदै बगाएको आसङ्का

0

१७ पुस,काठमाडौ ,काठमाडौबाट दुबई हुँदै स्थानीयदलाल मार्फत अमेरिका हिँडेका रुकुम पश्चिम् आठबीसकोट १० का २० वर्षीय मदन शाही बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा पानाको घना जङ्गल भित्रको खोला तर्ने क्रममा बगेर मदनको मृत्यु भएको खबर फैलिएको छ। फागुन १८ गते सङ्गठित मानव तस्करको गिरोहबाट तस्करको सहयोगमा अमेरिका हिडेका शाही ३ महिना दुबईमा राखिएका थिए। एजेन्टकै सहयोगमा दुबईबाट १० महिना लगाएर उनी पानामा पुगेका थिए मङ्सिर २४ देखि सम्पर्क बिहिन भएका मदन, पानामाको जङ्गल भित्र खोला तर्दा बगेको अपुष्ट खबर सुनेर परिवार र आफन्त जन चिन्तामा परेका छन्।
पाँच दाजुभाइ मध्ये मदन काइँला हुन् । तस्करको भर परेर अमेरिका,क्यानडा लगायत देशजानेहरुको सङ्ख्या देशभर ठूलो छ र सङ्गठित मानव तस्करको जालो पनि त्यसरी नै विस्तार भएको देखिन्छ । अमेरिका,क्यानडा जस्ता देश जाने भूतले ग्रस्त युवा पङ्तीको मनोदशाले अहिले भयावह रुप लिएको छ । “दु:खजिलो गरेर छोरा छोरीलाई अमेरिका पठाइयो तर न उ पुग्न पायो न त पैसा नै फिर्ता भयो” धेरै पिडितको यस्तै गुनासो र रुवाबासी भएको छ। नाम उल्लेख नगर्ने सर्तमा मानव तस्करको पन्जाबाट ज्यान बचाएर अहिले वैदेशिक रोजगारीमा गएका एक पिडितले बताए अनुसार मानव तस्करले विकसित देश लैजाने प्रलोभनमा मोटोरकम असुलेर मानिसहरुलाई पानामाको जङ्गल र समुद्रीबाटोबाट यात्रा गराउने र बिचमै नियोजित रुपमै समुद्रमा खसाल्ने , घनाजङ्गल भित्रका खोलाहरुमा लगेर जीउँदै बगाइदिने जस्ता विभिन्न आपराधिक योजनाबाट हत्या गर्ने र बेपत्ता पार्ने सम्मको अपराध भइरहेको डरलाग्दो अवस्था समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here