“सत्ता गुमे पनि काङ्ग्रेसको शक्ति गुमेको छैन,राष्ट्रिय राजनीतिमा काङ्ग्रेस नयाँ कोर्स प्रवेश गर्छ।” – डा.शेखर कोइराला

0

पुस ११, काठमाडौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि पार्टीको शक्ति नगुमेको प्रतिक्रिया दिएका छन् ।

देशको पछिल्लो परिवर्तित राजनीतिप्रतिको दृष्टिकोणबारे सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई एवम् शुभकामना दिएका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहाल संसद्को तेस्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाइ प्रधानमन्त्रीमा नियुक्त भएको उल्लेख गर्दै नयाँ सरकारमा देखिएको यसखाले दृश्य अपेक्षित नभएको उल्लेख गरिएको छ ।

उनले  यस खाले वातावरण निर्माण हुनुमा कांग्रेसभित्र गम्भीर समीक्षा हुने र कांग्रेसको राष्ट्रिय राजनीति नयाँ कोर्समा प्रवेश गरेको बताएका छन् ।

नयाँ र अप्ठ्यारो परिस्थिति सिर्जना भए पनि निराश नभई थप सशक्तीकरणको अभियानमा जुट्न पनि उनले  पार्टी पङ्क्तिमा आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here