डा.केसी आज डेनमार्क प्रस्थान, डेनमार्कमा न्यानो स्वागत

0

८ पौष ,डेनमार्क,चर्चित राजनितीक विष्लेषक,इतिहासकार ,प्रा.डा.सुरेन्द्र केसी आज नेदरल्यान्डबाट  डेनमार्क प्रस्थान गरेका छन् । अन्तराष्ट्रिय नेपाली सहित्य समाज डेनमार्क च्याफ्टर द्वारा आयोजित कार्यक्रमलाई डा.केसीले भोलि मध्याह्न ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले डेनमार्कमा रहेका नेपाली र डेनमार्कमा रहेका नेपाली भाषी स्थानीय नागरिकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको गैरआवासीय नेपाली संघ डेनमार्क अध्यक्ष शैलु अधिकारीले जानकारी गराएका छन् । युरोपमा रहेका नेपालीहरुको अवस्था र  त्यहाँको शैक्षिक र राजानितिक स्थितिबारे अध्ययन गर्ने उदेश्यले डा.केसी श्रीमती सहित  यही मंसिर २८ गते एकमहिना लामो युरोप भ्रमणका निम्ति नेदरल्यान्ड प्रस्थान  गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here