अमेरिकाले रूस र चीन बिरुद्ध`ग्लोबल म्याग्निट्स्की´ ऐन लगाउने तयारी

0

२४ मङ्सिर ,न्यूज एजेन्सी ,अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ। मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ।
प्रतिबन्धको ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रूसमाथिको प्रतिबन्धले अमेरिकी अधिकार क्षेत्रमा रहेका रूस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ। उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ।

प्रतिबन्धबाट रूसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन्। म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन् वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ। संयुक्त अधिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि यस्तै कानुनी व्यवस्था छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here