२० मंसिर, पोखरा । ३३० प्रदेशसभा सदस्यका लागि भएको ४ मंसिरको चुनावमा निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मनाङेले मनाङको १(१) उम्मेदवारी दिँदा नेपाली कांग्रेस र एमाले दुबै गठबन्धनले उम्मेदवार खडा गरेन । स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि ४ मंसिर अघि नै मनाङे निर्विरोध निर्वाचित भएका थिए।
काङ्ग्रेस र एमालेलाई थाङ्नामा सुताएर निर्विरोध निर्वाचित बन्न सफल भएका मनाङे अहिले गण्डकीमा एकसिट पनि जित्न नसकेर अपुताली परेको नेकपा एसको धर्म पुत्र हुने जुक्ति निकालेर गण्डकी प्रदेश सरकारमा निर्विरोध अपुताली पड्काउने खेलमा लागेका छन् ।
गण्डकी प्रदेशका अरु ३५ प्रतिनिधि भोट गन्न र परिणाम कुर्न व्यस्त भएका बेला यता मनाङेले भने राम्रै मन्त्रालय पड्काउदै सत्ता यात्रा गर्ने निर्विरोध बाटो पक्का गरिसकेका छन् ।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनको बहुमत हुनु ,नेकपा एसको एउटा पनि प्रतिनिधि निर्वाचित नहुनु , समानुपातिकमा नेकपा एसले थ्रेस होल्ड कटाउन नसक्नु नै मनाङेलाई दसैं आउनु भएको छ। गण्डकी प्रदेशमा अहिले एकसिट नजितेका माधव नेपालको पुर्पुरोमा हात दीपक मनाङेलाई सित्तैमा मासु र भात भन्न्ने ठट्टा चलेको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी