१३ मंसिर, काठमाडौं । मंगलबार बिहान सर्वोच्च अदालत अगाडि सेतो पहिरन लगाएर आएकी बिनु यादवले रातो रंगको घोल राखिएको बट्टा सर्वोच्चको गेटमा पोखेर न्यायको माग गरेकी छिन।ॐ
श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै संघर्षरत उनले आज बिहान सर्वोच्च अदालत अगाडि रातो रंग फ्याँकेर विरोध जनाइन् ।
‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’
भन्दै उनले चर्को आवाजमा बिरोध जनाएकी थिइन्
सर्वोच्चको गेट अगाडि भेला भएका प्रहरीहरुले जारको पानी खन्याएर रातो रंग सफा गरेका थिए ।
बिनु यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधिन छ । उनले केही महिना अगाडि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन् ।अहिले प्रहरीले उनलाई गिरफ्तार गरेको छ।