अन्तरघातको आसङ्कामा एमाले कर्याकर्ताले फुटाए आफ्नै नेताको टाउको, छोरी समेत घाइते

0

११ मंसिर २०७९ स्याङ्जा : पार्टीभित्र अन्तरघात गरी स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएको भन्दै पुतलीबजार नगरपालिका १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीमाथि केही युवाहरुले सांघातिक आक्रमण गरेका छन्।
पुतलीबजार नगरपालिका अभियानपथमा बस्दै आएका सुवेदीको घरभित्रै पसेर शनिबार साँझ युवाहरुले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणका कारण ४९ वर्षीय सुवेदीको टाउको फुटेको छ भने शरीरको बिभिन्नभागमा गहिरो चोट लागेको छ । सुवेदीमाथि आक्रमण भएको देखेपछि आफ्नो बुबा बचाउन गएकी उनकी छोरीमाथिसमेत आक्रमण भएको छ। घाइते छोरीको अवस्था खतरा मुक्त रहे पनि सुवेदीको अवस्थाभने गम्भिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here