प्रहरीको गम्भिर निगरानीमा विरोधी समूह,विस्फोटक सहित ११ पक्राउ

0

आगामी मङ्सिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिस्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ।
प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ११ जनाविरुद्ध मुद्दा  दर्ता गर्ने तयारी भइरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता,प्रहरी नायब महानिरीक्षक टेक प्रासद राईका अनुसार निर्वाचन बहिस्कार गर्ने समूहमाथि निगरानी बढाउने क्रममा ११ जनाको साथमा विस्फोटक पदार्थ (बारुद) फेला परेको जानकारी दिनुभयो । तीमध्ये सतजना तनहुँबाट तथा चारजना बागमती प्रदेश अन्तरगत विभिन्न जिल्लाबाट पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये १०४ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here