महोत्तरीमा हिन्दु, मुस्लिम हिंसा अन्त्य गर्न बैठक सुरु

0

महोत्तरी जिल्लाको भंगहा नगरपालिका ८ परहरियामा भएको हिन्दु,मुस्लिम समुदाय बिच भएको हिंसात्मक घट्नालाई लिएर लोहारपट्टी नगरपालिका ६ स्थित इलाका प्रहरी कार्यलयमा अहिले १४:५० बजेबाट दुबै पक्षका प्रतिनिधिहरुको उपस्थितीमा बैठक सुरु भएको छ।
लोहारपट्टी परहरिया गाउँको हिन्दु मुस्लिम समुदायबिच सदभाव कायम गर्न र समस्याको शान्तिपूर्ण समाधानका निम्ति पहल भइरहेको लोहारपट्टी इलाका प्रहरी प्रमुख सुनिल कुमार झा ले बताएका छन्।
बैठकमा लोहारपट्टी नगरपालिका मेयर शैलेन्द्र कुमार यादव,भङ्गाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साह ,इप्रका लोहारपट्टी प्रमुख सुनिल कुमार झा र दुबै पक्षका प्रतिनिधिहरु गरि जम्मा ५०/६० जनाको जिम्मेवार उपस्थितीमा छलफल चलिरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here