१० कार्तिक काठमाडौ,चर्चित राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र के.सी.ले यश वर्षको भाइटीका ग्रहण गरेकाछन् ।कान्छी बहिनी रुबि कार्कीको हातबाट डा. केसीले आज ११:३७ बजे भाइटीका ग्रहण गरेकाछन् । चाडपर्वलाई साझा,र सामाजिक सदभाव कायम गर्ने माध्यमको रुपमा बुझ्नु पर्ने भन्दै डा.के.सी.ले पछिल्लो समय चाडबाडको नेपाली मौलिकता गुम्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। नेपाली चाडपर्व र परम्परामाथि बाह्य आक्रमण र प्रभावले क्रमशः नेपाल र नेपालीलाई बिकृत र आडम्बरी नक्कलको दास बनाइरहेको भन्दै यस्तो स्थितीबाट बच्न नसके नेपाल र नेपालीको पहिचान क्रमशः थप सङ्कट ग्रस्त बन्दै जाने उल्लेख गरेका छन् । तिहारको अवसरमा डा.केसीले देश विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामना समेत व्यक्त गरेका छन्।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी