राजमार्गका होटल रेष्टुरेन्टमा अखाद्य तेलको प्रयोग

0

बारम्बार एउटै तेलमा खानेकुरा तार्दा ‘पोलार म्याटेरियल’ को मात्रा बढ्दै जान्छ । पोखरा–स्याङ्जातिर राजमार्गमा सञ्चालित होटल, रेष्टुरेन्टहरुमा यस्तो हानिकारक तेल प्रयोग भइरहेको पाइएपछि अनुगमन टोलीले नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले गत बुधबार कास्कीको पोखरादेखि स्याङ्जाको पुतलीबजारसम्मका ४६ वटा होटल/रेष्टुरेन्ट र १० वटा किराना पसलको अनुगमन गरेको थियो । होटल, रेष्टुरेन्टमा खानेकुरा तार्ने कराईको तेल पोलारीमिटरले परीक्षण गर्दा ‘पोलार म्याटेरियल’ को मात्रा अत्यधिक पाइएपछि ‘अन द स्पट’ फाल्न लगाइएको हो ।

विभिन्न होटल, रेष्टुरेन्टबाट यस्तो अखाद्य फ्राइङ तेल २० लिटर जति नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य अनुसन्धान अधिकृत प्रदीप काफ्लेले जानकारी दिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here