प्रचण्डले फैलाए पाप र धर्मको आतंक,गठबन्धनलाई भोट नदिनेलाई पापले ठिक पार्ने धम्कि ।

0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउने बताएका छन्।

पोखरामा शुक्रबार भएको पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय भेलामा प्रचण्डले सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताले आफ्ना उम्मेदवारलाई भोट नहाले पाप धुरीबाट कराउने बताए।

invotech

‘कुनै पनि पार्टीका नेता, कार्यकर्ता साथीहरू दुविधामा रह्यो, यसलाई भोट हालौं कि नहालौं, नहालौं जस्तो मनमा आयो भने पाप पलाएको बुझिन्छ। पाप धुरीबाट कराउँछ भने जस्तो मनमा पाप पलायो भने अन्तत धुरीबाट कराउँछ,’ उनले भने।

उनले स्थिरता र विकासका पक्षमा पाँच दलीय गठबन्धन बनेको बताए। यस्तै अर्को गठबन्धन भने यसलाई उल्टाउने पक्षमा लागेको उनको आरोप थियो।

Esewa
softwarica
nic

‘यो पवित्र गठबन्धन हो। राष्ट्र, जनता र लोकतन्त्रका पक्षमा बनेको हो। स्थिरता र विकासका पक्षमा,’ उनले भने, ‘हाम्रो अरू कुनै स्वार्थ छैन र थिएन। अर्को गठबन्धन पनि छ सँगसँगै, त्यो भने यो परिवर्तनलाई उल्ट्याउन चाहन्छ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here