गोर्खामा प्रचण्डलाई नराम्रो धक्का लाग्ने सङ्केतहरु देखा परेका छन् । ठूला दलका अध्यक्षहरुको प्रतिनिधि सभामा उपस्थिति आवस्यकहुनु स्वभाविक हो तर नेतृत्वको कार्यसैलीबाट आजित भएका नेता कार्यकर्ता र जनताले नेताहरूको भागबण्डा र स्वार्थलाई नजिकबाट बुझिसकेको हुनाले माथिको राजनीतिक दवाव र हस्तक्षेपलाई जनताले धोती लगाइदिने सम्भावना बढेर गएको छ। अहिले निर्वाचनको सबै भन्दा ठूलो थ्रेट गठबन्धनका बाम उमेदवारहरुलाई नै परिरहेको देखिन्छ त्यसमा पनि प्रचण्ड सबै भन्दा ठूलो जोखिममा परेका छन् । माधव नेपाल र झलनाथको पनि हालत उस्तै छ ।
मुख्य गरि प्रचण्डले न्वारान देखिको बललगाएर गठबन्धनको औचित्य पुष्ठि गर्न खोजेपनि पाँच दलिय गठबन्धन तोडेर उपेन्द्र यादव ओलीसँग मिल्न पुग्दा प्रचण्डका प्रयत्नको थप धोती खुस्किएको छ भने काङ्ग्रेसले बरु हात काट्ने तर माओबादीलाई भोट नहाल्ने कसम खाइरहेका छन्। प्रचण्डको गलत रबैयाले माओवादी भित्र ठूलो असन्तुष्टि त छदै छ यता काङ्ग्रेस जनमतको यस्तो किरिया कसमले थप सङ्कट उत्पन्न गराइदिएको छ।
प्रचण्डले गोर्खामा एकैपटक २९ र ९९ वर्षको सामना गर्नु परेको छ । २९ वर्षका जागरुक एवम लोकप्रिय युवा अब्दुस मिया र जननेता बिपि कोइरालाका मित्र एवम सातसालको मुक्तिसेनाका घाइते कमाण्डर, प्रजातन्त्र सेनानी ,नेपाली काङ्ग्रेस बि पि का ९९ वर्षिय लोकप्रिय नेता टीका दत्त पोख्रेलको सामना गर्नु पर्ने भएको छ ।
देउवालाई डडेल्धुरामा एमालेले उमेदवार नदिएर सजिलो बनाइदिएको छ भने केपी ओली र राजेन्द्र लिङ्देनको लेनदेन ले ओली पनि लगभग ढुक्क देखिन्छन् ,तर प्रचण्ड र झलनाथको दुविधा जनक स्थितिछ भने माधव नेपालको संभावना झिनु मात्रै देखिन्छ। एमालेले डडेल्धुरामा उमेदवार नदिनु र देशभर काङ्ग्रेस नेता कार्यकर्ताले बरु हात काट्ने तर माओबादीलाई भोट नहाल्ने कसम खानुले प्रचण्ड र गठबन्धभित्रका माओबादी उमेदवार उत्तानो पर्ने देखिन्छ। यस्तो भएको खण्डमा निर्वाचन पछि सबै समीकरण र गठबन्धन उल्टने र सबै परिस्थिति पुन काङ्ग्रेस एमालेको पोल्टामा पुग्ने निस्चित देखिन्छ। यस्तो अवस्थामा माओबादी कस्तो बाटो लिन्छ ? चुनावपछि सडकमा जाने प्रचण्डको योजना पनि यहि मनोविज्ञानमा आधारित छ। तर अनौठो के छ भने प्रचण्ड गठबन्धनको आवस्यकता र गोर्खाका जनताको चाहनाले गोर्खा गएको बताइरहेका छन् भने गठबन्धनकै मुख्य घटक नेपाली काङ्ग्रेसका कार्यकर्ता र समर्थक भने “बरु हात काट्ने तर माओबादीलाई भोट नहाल्ने” बताइरहेका छन् ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी