सुनसरी- धरान उप-महानगरपालिकाका नव निर्वाचित मेयर हर्क राज राई ( हर्क साम्पाङ) ले आफ्नो पदबहार ग्रहण गरेका छन् ।
आज मिति २०७९ साल जेष्ठ १० गते मङ्गल बार नवमी तिथीको दिन मध्यान्ह २ बजे कार्यलय पुगेर उनले नगरपालिकाको नेतृत्व लिएका छन् ।
बेथिति र बिशंगति विरुद्द निरन्तर आवाज उठाई रहने बिद्रोही स्वभावका साम्पाङ्ग कुनै दलको साधारण सदस्य समेत थिएनन् धरानमा सामाजिक अभियन्ताको रुपमा स्वतन्त्र छवि स्थापित गरेर लोकप्रिय बनेका थिए साम्पाङ्ग ।
धरानका जनताले नजिकबाट नियाली रहेका साम्पाङलाई जनताले अप्रत्याशित बहुमत दिएर नगर पितामा निर्वाचित गरे पछि उनले आज उक्त जिम्मेवारी समाल्दै धराने जनताको भावनाको प्रतिनिधित्व गर्ने प्रतिबद्धता सहित पदभार ग्रहण गरेका छन्।
साम्पाङ कार्यलय पुग्दा नगरपालिकाका कर्मचारी र स्थानिय नागरिकले भब्य स्वागत गरेका थिए भने साम्पाङले अब धराने जनतालाई धोका नहुने प्रण गर्दै छोटो प्रतिक्रिया दिएका छन्।धराने जनताका प्रिय बनेका हर्क राजले अब कसरी सेवा प्रवाह गर्छन् भन्ने सर्बाधिक चासोको विषय बनेको छ ।