रंगमतिले रचिन इतिहास चुनाब अघिनै वडा अध्यक्ष

0

हुम्ला जिल्लाको खर्पुनाथ गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छन् । उनी निर्वाचित मात्रै भइनन् सिंगो जिल्लाबाटै पहिलो महिला वडाअध्यक्ष हुने इतिहास पनि रचिन ।

खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए तर दुुई जना दाबेदारले शनिवार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि शाहीलाई निर्विरोध वडाअध्यक्ष घोषणा गरिएको हो ।

वडा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए ।

माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो भने एमालेका उम्मेदवारले आफै उमेद्वारी फिर्ता लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here