स्थानीय निर्वाचन : उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

0

काठमाडौं – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेसम्म उम्मेदवार उपर उजुरी दिन सकिनेछ।आयोगले बैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरी उपर जाँचबुझ गरेर निर्णय गर्नेछ । त्यस्तै, बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावाली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगले बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । त्यसपछि उम्मेदवारले प्रचार प्रसारका लागि १० दिनको समय पाउनेछन् । बैशाख ३० गते निर्वाचन सुरु हुनु अगाडिको ४८ घन्टा मौन अवधि हुनेछ । मौन अवधि सुरु हुनु अघिसम्म उम्मेदवारले प्रचार प्रसारका लागि समय पाउनेछन् । बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here