जाजरकोट – जाजरकोटमा चोरीको मोटरसार्यकलसहित वडाध्यक्ष पक्राउ परेका छन् ।
नलगाड नगरपालिका १ का वडाध्यक्ष हिरालाल पुन मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चोरिएको लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलसहित वडाध्यक्ष पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुनलाई जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाइरहेका भए पनि ब्लुबुकलगायत कुनै पनि कागजपत्र फेला नपरेको प्रहरीले जनाएको छ।