सामुदायिक क्याम्पसमा निशुल्क उच्च शिक्षाको व्यवस्था मिलाउछौं : मुख्यमन्त्री पाण्डे

0

काठमाण्डौ – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा निशुल्क उच्च शिक्षा पढाइदिने घोषणा गरेका छन् ।

शुक्रवार, गैर सरकारी संस्था महासंघ वाग्मती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा निशुल्क उच्च शिक्षा पढाइदिने घोषणा गरेका हुन् ।

उनले प्रदेशका ११९ वटै पालिकाले एक जनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने जनाए ।

साथै जनताको हित हुने कार्यक्रमको प्रस्ताव ल्याउनका लागि मुख्यमन्त्री पाण्डेले गैससलाई समेत निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here